default_image

2 years ago

October 13, 2022

नवौं राष्ट्रिय खेलकुदः महिला भलिबल आजदेखि

130 views

0 Bookmark


म्याग्दी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

फाइल तस्विर

म्याग्दी जिल्लाको बेनी बजारमा हुन महिला भलिबलको सम्पूर्ण तयारी पुरा भएको र आजदेखि प्रतियोगिताका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले बताएको छ ।

महिला भलिबल प्रतियोगिता बेनीको खुल्लामञ्चमा हुने र खेलमैदान तयार गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए ।

उनले महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न बेनीको खुलामञ्चमा खेलमैदानलाई व्यवस्थित गरिएको बताउनुभयो ।

उनले अभ्यास खेलको लागि र प्रतियोगिताको लागि भलिबलको कोर्ट तयार गरिएको, प्याराफिटमा रङ लगाउने र सरसफाइ गर्नेलगायत सबै तयारी सकिएको बताए ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ । सवै टिमहरु बेनीमा आइपुगेको अध्यक्ष केसीले बताए ।

प्रतियोगिताका खेल लिग कम नकआउटको आधारमा खेलाइने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

भलिबल प्रतियोगिताको खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । समूह बीमा बागमती, प्रदेश १ र मधेश रहेका छन् । बागमतीमा होंगांजी न्यु डायमन्डका अधिकांश खेलाडी खेल्नेछन् ।

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल आज (बिहिबार) दिउँसो २ बजे गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश विच हुने छ । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्दैछिन् ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.