default_image

2 years ago

October 11, 2022

महिला ह्यान्डबल – गण्डकी र प्रदेश १ को लगातार दोस्रो जित

235 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलमा घरेलु गण्डकी र प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा मंगलबार भएको समूह ‘ए’ को खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि २७–४ को जित निकाल्दै लगातार दोस्रो जित निकालेको हो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गरिन् ।

गण्डकीले पहिलो खेलमा कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै गण्डकीको २ खेलबाट ६ अंक पुगेको छ ।

यस्तै प्रदेश–१ ले लगातार दोस्रो जित निकाल्ने क्रममा बागमती प्रदेशलाई २४–८ ले पराजित गरेको छ । प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गरिन् । प्रदेश १ ले पहिलो खेलमा कर्णालीलाई २६–४ ले हराएको थियो । लगातार दोस्रो जितसँगै प्रदेश १ ले समूह ‘बी’ मा २ खेलबाट ६ अंक जोडेको छ ।

समूह ‘बी’ को खेलमा कर्णालीले मधेशमाथि ११–७ ले जित निकालेको छ । कर्णालीको जितमा अञ्जली शाही र संगीता सिंहले समान ५ गोल गरिन् । कर्णालीको यो पहिलो जित हो । यसअघि कर्णाली पहिलो खेलमा प्रदेश–१ सँग २६–४ ले पराजित भएको थियो ।

मधेशको यो लगातार दोस्रो हार हो । यसअघि मधेश आर्मीसँग ४६–२ ले पराजित भएको थियो । जितसँगै कर्णालीले महत्वपूर्ण ३ अंक बटुलेको छ ।

पुरुषतर्फ बागमती प्रदेशले मधेश प्रदेशमाथि २१–१३ को जित निकालेको छ । बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक ५ गोल गरे । बागमती पहिलो खेलमा आर्मीसँग ४३–८ ले पराजित भएको थियो । दुई खेलमा हार बेहोर्दै मधेश अंकविहीन छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.