2 years ago
October 11, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा मंगलबार तीन स्वर्णको छिनोफानो भएको छ ।
मंगलबार विभागीय नेपाल एपिएफका राजेन्द्र गजुरेलले व्यक्तिगत सावर, महिलातर्फ फोयलमा आर्मीकी रमा कुमारी सिंह र पुरुषतर्फको इपिमा बागमती प्रदेशका ओमकार सिंहले स्वर्णपदक जितेका छन् । एपिएफका गजुरेलले एपिएफका लागि पहिलो स्वर्ण जितेका हन् ।
पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा मंगलबार भएको प्रतिस्पर्धामा पुरुष व्यक्तिगत साबरतर्फ एपिएफका राजेन्द्रले आर्मीका उपेन्द्रबहादुर शाहीलाई १५–१२ अंकदे पछि पार्दै स्वर्ण जितेका हुन् ।
राजेन्द्रले सातौंमा टिम इभेन्टमा रजत र आठौंमा टिम र एकल दुईमा रजत पदक जितेका थिए । आर्मीकै रघुवीर चन्द र एपिएफका खेमराज खत्रीले कास्य पदकमा चित्त बुझाए ।
महिलातर्फको फोयलमा आर्मीकी रमाकुमारी सिंहले एपिएफकी मनिषा राईलाई १५–१४ को झिनो अंकले पछि पार्दै स्वर्ण जितिन् । एपिएफकै मन्दिरा र अनिता अधिकारीले कास्यपदक जितिन् । रमाले सातौंमा स्वर्ण तथा आठौंमा रजतपदक जितेकी थिइन् ।
पुरुष ईपीतर्फको प्रतिस्पर्धामा बागमती प्रदेशका ओमकार सिंहले विभागीय खेलाडीलाई पछि पार्दै स्वर्णपदक जित्न सफल भए । उनले आठौंमा पनि स्वर्ण जितेका थिए ।
आर्मीका राम थापा १५–१४ ले पछि पर्दै रजत पदकमा चित्त बुझाए । आर्मीकै मीन कार्की र गण्डकी प्रदेशका विजय अधिकारीले कास्य पदक जिते । विजय नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक जित्ने पहिलो खेलाडी बने ।
यससँगै फेन्सिङमा ६ स्वर्ण, ६ रजत र १२ कास्यको छिनोफानो भएको छ । अंक तालिका अनुसार आर्मी शीर्षस्थानमा छ । आर्मीले २ स्वर्ण, २ रजत र ६ कास्यसहित १० पदक प्राप्त गरेको छ । बागमतीले २ स्वर्ण, १ रजतसहित ३ पदक प्राप्त गरेको छ ।
एपिएफले १ स्वर्ण, १ रजत र ५ कास्यसहित ७ पदकसहित तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्णपदक सहित चौथो स्थान छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्यसहित पाचौं स्थानमा रहेको छ । प्रदेश नम्बर एकले पदक जित्न सकेको छैन ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङलगायतले पदक वितरण गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]