2 years ago
October 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष निरञ्जन राजवंशी पुनः विजयी भएका छन् ।
इटलीको रोममा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस) को ८४औं विश्व सम्मेलनको अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको प्रतिद्धन्दी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समयमा नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएको हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पुर्व अध्यक्ष राजवंशीको कोषाध्यक्षको रुपमा यो तेस्रो कार्यकाल हो । यसअघि उनी २०१६ मा बहराइनमा भएको निर्वाचनमा पहिलो पटक कोषाध्यक्ष भएका थिए । त्यसपछि अर्को पटक पाकिस्तानको इस्लामावादमा भएको निर्वाचनमा उनले सिरियाका प्रतिद्धन्दीलाई पराजित गर्दै कोषाध्यक्षमा निर्वाचित भएका थिए ।
मंगलवार भएको निर्वाचनमा बाँकी प्रतिस्पर्धीहरुले नाम फिर्ता लिएपछि १७ सदस्यीय कार्यसमिति नै निर्विरोध भएको छ ।एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले एसियाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
अध्यक्षमा दक्षिण कोरियाका हि डोन जुङ निर्वाचित भए । सो पदका प्रतिस्पर्धी मलेसियाका अहमद खवारी इशाले नाम फिर्ता लिएका थिए।
त्यसैगरी प्रथम उपाध्यक्षमा साउदी अरेवियामा अदिल अल जहरानी, पाँच उपाध्यक्षहरुमा मलेसियाका खवारी इशा, भारतका सबा नायकन, कतारका मुबारक बल बोइनिन, कुवेतका खलिल हैदर र इरानका मैजम जमानवादी निर्वाचित भए भने महासचिवमा पाकिस्तानका अमजद अजिज मलिक निर्विरोध भए।
त्यसैगरी ८ सदस्यीय केन्द्रीय सदस्यहरुमा ओमानका अहमद शैख अलकाबी, मकाउका निम फोङ, बंगलादेशका सनत बाब्ला, चाइनिज ताइपेईका हेलन ची, जापानका हिरोकी शोदा, कजाकिस्तानका इलियास ओमारोभ, प्यालेस्टाइनका सफ्वान अबु सनाब र यमनका अब्दुलसलाम हमोद अलि अलसाउदी निर्वाचित भए ।
सदस्यमा १५ जना प्रतिस्पर्धामा थिए । निर्वाचित भएपछि कोषाध्यक्ष राजवंशीले नेपाल एनएसजेएफ को दरिलो साथले गर्दा एसियाली पत्रकारहरुको माझमा आफु उभिन सकेको बताएका छन् ।
नयाँ कार्यसमितिले अर्को वर्ष एआइपीएस एसियाको कंग्रेस दक्षिण कोरियाको सोलमा अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]