default_image

2 years ago

October 10, 2022

प्रतिभा र सलिनासहित बागमतीको भलिबल टोली घोषणा

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य प्रतिभा माली र लिबेरो सलिना श्रेष्ठलाई समेट्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशको महिलातर्फको भलिबल टोलीको घोषणा भएको छ ।

माधव केसी संयोजक रहेको तीन सदस्यीय छनोट समितिले नवौंको लागि १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिको सदस्यमा प्रशिक्षक कुमार राई र उत्सव खड्का रहेका छन् । टोलीको कप्तानी ललिता नाथले गर्नेछिन् ।

ओपन स्पाइकरमा प्रतिभा माली, सलिना बुढा मगर, जेनिशा विश्वकर्मा र चाहना ब्लोन तामाङ रहेका छन् । मिडल ब्लकरमा कप्तान ललिता नाथ, वालमिका आचार्य र सुनिता गौतम तथा सेटरमा प्रगति नाथ र भावना तामाङ छनोट हुन सफल भएकी छन् । ब्याकमा निशा महर र प्रेम मायाँ तामाङ तथा लिवेरोमा सलिना श्रेष्ठ छनोट भएका छन् ।

प्रतिभाले गत वर्ष नेपालगन्जमा भएको प्रधानमन्त्री कपपछि खेलेकी छैनन् । आफ्नो पूरानो चोट बल्झिएपछि प्रतिभा यो अवधिमा फिजियोथेरापीमा व्यस्त रहिन् । अब उनले नवौं राष्ट्रिय खेलकुदबाट नै खेलमा पूनरागमन गर्ने प्रशिक्षक कुमार राईले जानकारी गराए ।

बागमतीको प्रशिक्षकमा कुमार राई तथा टिम व्यवस्थापकमा सुनकेशरी माली रहनेछिन् । नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फको खेलहरु २७ असोजदेखि २ कार्तिकसम्म म्याग्दीको बेनीमा हुदैछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । खेल तालिका सार्वजनिक भइसकेको छैन । पुरुषतर्फको खेलहरु पोखरामा असोज २८ देखि ३ कार्तिकसम्म हुँदैछ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.