2 years ago
October 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् ।
प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे ।
तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले समान तीनतीन अंक बनाएका छन् । चौथो चरणको खेलमा थापाले तेश्रो बोर्डमा भारतका मधुसुदनन केआरसँग कालो गोटीबाट प्रतिष्पर्धा गर्नेछन् ।
कोभिडका कारण २ वर्ष पछि आयोजित प्रतियोगितामा लगातार तीन खेलमा प्राप्त जीतले बाँकी चरणका खेलमा पनि अनुकुल नतिजा निकाल्नेमा विश्वस्त रहेको थापाले बताए । एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीतामा सेप्टेम्बर २९ मा शुरु भएको प्रतियोगिता अक्टोबर ५ मा सम्पन्न हुनेछ ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]