default_image

2 years ago

September 30, 2022

आईटीएफको सिनियर डान ग्रेडिङ सम्पन्न

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिपुरेश्वरस्थित नेपाल आईटीएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

छैठौं डान प्राप्त गर्नेमा राजमन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका छन् भने राजेश बुलाखेले पाँचौं डान हासिल गरे । भारतका नवौं डान ग्राण्डमास्टर राजेन्द्र बलानले ग्रेडिङ्ग लिएका थिए ।

अध्यक्ष धमलले नेपाल आईटीएफले आयोजना गरेको डान ग्रेडिङ्ग कार्यक्रमले तेक्वान्दो खेलाडी उत्पादनमा थप टेवा विश्वास व्यक्त गर्दै नेपालमा सिनियर डान प्राप्त प्रशिक्षकहरु भएमा खेलाडी उत्पादनमा थप गुणस्तर वृद्धि हुने बताए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.