2 years ago
September 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपअन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।
अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज-गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरे ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]