3 years ago
September 30, 2022
धनगढी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा भएको निसर्ग हस्पिटल मिडिया कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजकसमेत रहेको मञ्चले फाइनलमा चडेपानी ब्वाइज पत्रकार समूहलाई ३–२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । मञ्चको जितमा कप्तान प्रदीप पाठकले २ र महेन्द्र बमले १ गोल गरे । चडेपानी ब्वाइजका राजेश चौधरीले २ गोल गरेपनि हार टार्न सकेन ।
उपाधिसंगै मञ्चले नगद २५ हजारसहित ट्रफी र मेडल पायो । उपविजेता चडेपानी ब्वाइज पत्रकार समूहले नगद १५ हजार नगदसहित ट्रफी र मेडलमा चित्त बुझायो ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महेन्द्र बम, उत्कृष्ट खेलाडी मञ्चकै सीताराम ओझा र उत्कृष्ट किपर चडेपानी ब्वाइज पत्रकार समूहका टंक कुँवर भए ।
यसअघि आजै भएको सेमिफाइनलमा खेलकुद पत्रकार मञ्च कैलालीले नेपाल पत्रकार महासंघ कैलाली र चडेपानी ब्वाइजले अत्तरिया पत्रकार समूहलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
विजयी टोली तथा खेलाडीलाई निसर्ग अस्पतालका अध्यक्ष तीर्थ पन्त, गौरीशंकर डेन्टल क्लिनिकका रतन एसके, डल्लुज फुटसलका सञ्चालक उमेशविक्रम शाह, पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, महासंघका पूर्वकेन्द्रीय सदस्य दिलबहादुर छत्याल र प्रतियोगिताको संयोजक तथा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष गगन अयडीलगायतले पुरस्कृत गरे ।
दुई दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । ६ टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलाइएको थियो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]