3 years ago
September 29, 2022
धनगढी (हाम्रो खेलकुद) – कैलालीको धनगढीमा बिहीबारदेखि शुरु भएको निसर्ग हस्पिटल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समिकरण तयारी पूरा भएको छ ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा दोस्रो संस्करणको मिडिया कप फुटसलमा समूह क बाट आयोजक खेलकुद पत्रकार मञ्च समूह विजेता र अत्तरिया पत्रकार समूह उपविजेता भएर सेमिफाइनलमा पुगेका छन् । यस्तै समूह बी बाट चडेपानी ब्वाइज समूह विजेता र पत्रकार महासंघ कैलाली समूह उपविजेता भएर अन्तिम चारमा पुगेका छन् ।
पहिलो खेलमा खेलकुद पत्रकार मञ्च कैलालीले अत्तरिया पत्रकार समूहलाई १४–५ ले हरायो। दोस्रो खेलमा पत्रकार महासंघ कैलालीले घोडाघोडी पत्रकार समूहलाई ७–४ ले पराजित गरेको छ।
यस्तै तेस्रो खेलमा अत्तरिया पत्रकार समूहले टिम बर्दगोरीयालाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित बनायो । चौथो खेलमा चडेपानी ब्वाइजले टिम घोडाघोडीलाई ६–२ ले पराजित गरेको छ । आजै भएको लिग चरणको छैठौं खेलमा आयोजक खेलकुद पत्रकार मञ्चले टिम बर्दगोरियालाई १८–१ को फराकिलो अन्तरले जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो ।
लिग चरणको अन्तिम खेलमा चडेपानी ब्वाइजले पत्रकार महासंघ कैलालीलाई ७–३ ले पराजित ग¥यो । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो सेमिफाइनलमा आयोजक खेलकुद पत्रकार मञ्च कैलाली र पत्रकार महासंघ कैलालीबीच हुनेछ ।
अर्को सेमिफाइनलको खेल चडेपानी ब्वाइज र अत्तरिया पत्रकार समूहबीच हुने छ । भोलि नै फाइनल खेल पनि हुने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा भएको दोस्रो संस्करणको मिडिया कप फुटसलमा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर लिगको आधारमा खेलाइएको थियो ।
प्रतियोगिताको मुय प्रायोजक धनगढीको निसर्ग अस्पताल रहेको छ भने गौरीशंकर डेन्टर क्लिनिक सहप्रायोजक रहेको छ । प्रतियोगिता आयोजनामा एसपीए कलेज, मायामेटे अस्पताल, संजिवनी अस्पताल, ज्योती आयल स्टोर, रिया स्पोर्टस हाउस, मिश्र जनरल स्टोर, सिंह जनरल स्टोर, नेपाल वेस्टर्न कलेज, रुसलान, डल्लुज फुटसल लगायतले सहयोग गरेका छन् ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]