default_image

2 years ago

September 28, 2022

जुनियर ब्याडमिन्टनमा नेपाललाई दुई कास्य

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको गुहावटीमा भएको ब्याडमिन्टन एसिया साउथ एसियन जुनियर रिजनल च्याम्पियनसिपमा नेपालले दुई कास्यपदक जितेको छ ।

नेपालले यू–१५ र यु–१७ मिक्स टिम इभेन्ट्समा कास्य जित्न सफल भएको हो । भारत र श्रीलंकासँग पराजित हुँदा नेपालले माल्दिभ्स र भुटानलाई समान ५–० को सेटमा हराउँदै कास्य जित्न सफल भएको हो ।

यू–१५ मा कविर केसी, साहिल चन्द, रोजी राई र रिहाना शेरचन रहेका छन् । यू–१७ मा डेभिड थापामगर, सुरज गुप्ता, रोज पाण्डे र सानिया चन्द रहेका छन् ।

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

Success

Thank you for your time.