default_image

2 years ago

September 28, 2022

भुटानमाथि नेपालको सहज जित

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ ।

माल्दिभ्सको मालेमा बुधबार नेपालले तुलनात्मक रुपमा कमजोर भुटानमाथि ६५–२६ को सहज जित हात पारेको हो । नेपाललाई पहिलो क्वाटरमा भुटानले कडा चुनौती पेश गरेपनि बाँकी तीन क्वाटरमा भने चुनौती पेश गर्न सकेन ।

नेपाल पहिलो क्वाटरमा १२–१० ले अघि रह्यो । दोस्रो क्वाटरमा १६–५ ले अघि रहेको नेपालले तेस्रो क्वाटरमा १४–४ ले अघि रहँदै फराकिलो जिततर्फ अग्रसर बन्यो । निर्णायक तथा चौथो सेटमा २३–७ को फराकिलो अग्रता लिन नेपाल विजयी हुन सफल भयो ।

यसअघि नेपालले श्रीलंकालाई ५५–४९ ले हराउँदै पहिलो जित निकालेको थियो । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।

दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा शीर्ष टोलीले उपाधि जित्नेछ । नेपालको उपाधि यात्रा भने अन्य टोलीको नतिजामा भर पर्नेछ । अब श्रीलंका र माल्दिभ्स तथा माल्दिभ्स र भुटानबीच खेल हुन बाँकी छ ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.