default_image

2 years ago

September 27, 2022

राखेप र संघहरुबीच अन्तरक्रिया

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले दुई हफ्ता मात्र बाँकी रहेको बृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा कही केही कमी कमजोरी छ भने त्यसलाई सुधारेर जान मातहतका सबै निकायहरुलाई निर्देशन दिएको छ ।

नवौं राष्ट्रियमा सहभागी ३६ वटै खेल संघका पदाधिकारीहरु, नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति र विभिन्न उपसमितिबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले सो निर्देशन दिएका हुन् । प्रतियोगिता शुरु हुनु अगाडि संघहरु, कार्यकारी समिति र उपसमितिहरुबीचको काम कारवाही विच तालमेल र समन्वय गर्नका निम्ति अन्तरक्रिया कार्यक्रम राखिएको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव तथा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका सदस्य–सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अब कुनै वाधा अवरोध नभएकोले संघहरुलाई उत्कृष्ट ढंगले खेल सञ्चालन गर्न आग्रह गरे । नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलको सञ्चालनको जिम्मा ३६ खेल संघहरुलाई दिइएको छ ।

जसका निम्ति प्रत्येक खेल संघहरुलाई रकम पनि छुट्याइएको छ । सदस्य–सचिवले नवौं राष्ट्रियका लागि तीब्र गतिमा काम भइरहेको बताँउदै खेलाडी विमा, प्रत्यक्ष प्रसारणको व्यवस्था, ब्यवस्थित सूचनाको लागि राखेपको एप तथा वेवसाइट निर्माण गरिसकिएको बताए ।

त्यस्तै नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरले देशभर खेलकुदको माहोल श्रृजना भएको पनि उनले बताए । संघहरुको जिज्ञासा र त्यसको समाधानको लागि लामो समय छलफल भएको थियो ।

सहभागी खेल संघका प्रतिनिधिहरुले खेल सामाग्री, खेलस्थल, बजेट, निर्णायकको कोटालगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एक्स स्टेपको कोटेश्वरमा आउटलेट खुल्यो

काठमाडौं (हाम्रो खेलकुद)- अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स स्टेपको नयाँ आउटलेट काठमाडौंको कोटेश्वरमा शनिवार सुरु भएको छ। नेपाली राष्ट्रिय भलिबल भलिबलका टोलीका केही खेलाडीसहित माल्दिभ्स मा आयोजना हुने काभा क्लब च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाल पुलिस क्लबका खेलाडी, प्रशिक्षक र अफिसियल टोलीको एक्स स्टेप आउटलेटको संयुक्तरुपमा उद्घाटन गरेका थिए। एक्स स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो […]

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ । एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला […]

Success

Thank you for your time.