3 years ago
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
बौद्धस्थित आयोजक छोर्तेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३–१ को फ्रेममा पराजित गरे ।
अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३–०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास तामाङलाई ३–२, रोड हाउसका पदम तामाङले ललितपुरका सक्षम श्रेष्ठलाई ३–१, एक्सक्लुसिभका वाङचुक तामाङले ग्रिन बेजका प्रकाश थापा मगरलाई ३–० र एएक्सएनका राजन गुरुङले एभरेष्टका अभिक केसीलाई ३–० ले हराए ।
एन्जीका किरण मोक्तानले च्याम्पियन्सका साजन श्रेष्ठलाई ३–२, एएक्सएनका जय महर्जनले माजेका तपेन्द्र थापालाई ३–० र छोर्तेनका सुमेश लामाले खसौलीका गणेश थापालाई ३–० ले पन्छाए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]