2 years ago
September 25, 2022
एजेन्सी – केन्याली धावक एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् ।
३७ वर्षीय किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । ४ वर्षअघि भन्दा यसपाली उनी ३० सेकेण्डले छिटो भए ।
यसपाली आफ्नै कीर्तिमान तोडेको किप्चोगेले ४ वर्षअघि केन्याका धावक डेनिस किमोटोको कीर्तिमान तोडेका थिए । किमोटोले २ घण्टा २ मिनेट ५७ को कीर्तिमान बनाएका थिए । किप्चोगेको करिअरमा यो १७औं म्याराथन हो, जसमा उनी १५ पटक विजेता बनेका छन् । उनले दुई ओलम्पिकसँगै १० प्रमुख म्याराथन र अन्य जितेका छन् ।
उनले २०१९ मा भियनामा २६.२ माइलको दुरी २ घण्टा भन्दा कम समयमा पार गरेका थिए । तर त्यो दौड आधिकारिक म्याराथन थिएन ।
‘म आफ्नो तयारीमा खुशी छु । मलाई लाग्छ कि म टिमवर्कका कारण धेरै छिटो भए । सबै कुरा टिमवर्कमा छ ।’ म्याराथन जितेपछि किप्चोगेले भने, ‘मलाई उत्प्रेरित गर्ने कुरा मेरो परिवार हो र म युवाई प्रेरित गर्न चहान्छु । खेलले मानिसलाई एकताबद्ध बनाउँछ । यसले मलाई उत्प्रेरित गर्छ ।’
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]