2 years ago
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल प्रवासी समाज माल्टाको आयोजनामा माल्टामा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम आयोजना हुने भएको छ ।
पूर्वाञ्चल प्रवासी समाज माल्टाले पहिलोपटक वडा दशैं, दिपावली र छठको अवसरमा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम २ अक्टोवर अर्थात वडादशैंको फुलपातीको दिन हुनेछ । एक दिने प्रतियोगिताको खेलहरु सेन्ट मर्टिन कलेज स्वाटरमा हुनेछ ।
प्रतियोगितामा सहभागिताको लागि १५० युरो र २८ सेप्टेम्वर सम्मको लागि दर्ता समय तोकिएको छ । हालसम्म १० टोलीको सहभागिता पक्का भइसकेको माल्टाबाट भलिबल रेफ्री खुम गाउँले मगरले जानकारी गराए । एक टोलीमा ९ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक हुनुपर्ने प्रावधान राखिएको छ ।
प्रतियोगिताको विजेताले १ हजार युरो, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेछ । ६ सय युरो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर र लिवेरोलाई उचित पुरस्कारको व्यवस्था रहेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]