2 years ago
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र सदस्य मान बहादुर भण्डारी अर्मेनियाको राजधानी येरेभानमा सेप्टेम्बर २४–२६ सम्म संचालन हुने अन्तराष्ट्रिय बक्सिङ संघ (आइवा) को एक्स्ट्रा अर्डिनरी कंग्रेसमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।
गत मे १३–१४ तारिख, २०२२ मा टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न आइवा कंग्रेसबाट निविरोध निर्वाचित भएका आइवा अध्यक्ष उमार क्रेमलेभविरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि भोसेले स्वीच्जरल्याण्डको कोर्ट अफ आर्विटेसन (कास) मा हालेको उजुरी उपर २०२२ जुन १४ मा वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने आदेश भएबाट अध्यक्ष पदको लागि पुन निर्वाचन हुन लागेको हो । यो निर्वाचनबाट चुनिने अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।
December 25, 2024
तनहुँ (हाम्रो खेलकुद) – बराहडाँडा युवा क्लबकाे आयाेजना तथा बराहडाँडा टोल विकास संस्थाको सह–आयोजनामा हुने २८ बजार मेलामा पुरुष र महिला भलिबल प्रतियोगितासँगै विविध साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । शुक्लागण्डकी नगरपालिका– १२ बराहडाँडा तनहुँमा रहेको बाराही प्राथमकि विद्यालयले हरेक वर्षको पुस २८ गते बार्षिकोत्सव मनाउँदै आइरहेकाेमा पछि यो वार्षिकोत्सव २८ बजार मेलाले चिनिन्छ […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]