3 years ago
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लाजिम्पाटका रेगन श्रेष्ठ र खसौलीका सुविन थापा दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा शनिबार विजयी भएका छन् ।
रेगनले किङका उमेश भण्डारीलाई ३–० तथा सुविनले रेड बलका साइमन सुनवारलाई ३–२ को फ्रेममा पराजित गरे । छोर्तेन स्नुकर क्लब, बौद्धको आयोजनामा भइरहेको प्रतियोगितामा हटौंडाका नितेश खण्डवालले ब्रेक प्वाइन्टका अभिषेक आचार्यबाट वाक ओभर पाए भने क्यु हबका सुरज न्यौपानेले च्याम्पियन्सका सौरभ कँडेललाई ३–० ले हराए ।
त्यस्तै कुमारीका वाङछेन छापले आयोजक छोरतेनका सोनाम शेर्पालाई ३–१, दिप लभका विकास महर्जनले कुमारीका आयुश थापा मगरलाई ३–२ र चामुण्डाका सविन तामाङले एकर्डका रोशन लामालाई ३–० ले पाखा लगाए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]