default_image

2 years ago

September 24, 2022

आइटिएफ सेमिनार सम्पन्न

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफको आयोजनामा एकदिने टेक्निकल सेमिनार शनिबार सम्पन्न भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्य स्वरूप बाग्मति प्रदेशका खेलाडीलाई जिल्ला तेक्वान्दो संघले सेमिनार प्रदान गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघ आइटिएफका अध्यक्ष शंकरदेव श्रेष्ठले जानकारी दिए ।

बुढानीलकण्ठ नगरपालिका–७ मा सेमिनार र खेलाडी सम्मान गरिएको थियो । बाग्मतिबाट कुल २५ जना खेलाडीले नवौंमा प्रतिस्पर्धा गर्दैछन् । काठमाडौं जिल्लाका थप २५ जना खेलाडीलाई पनि टेक्निकल सेमिनार प्रदान गरिएको थियो । उनिहरूलाई सिनियर प्रशिक्षक उमेश राजथला र शंकरदेव श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

काठमाडौं जिल्लाबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोट भएका खेलाडीलाई काठमाडौंले जिल्लाले सम्मान पनि गरेको थियो । प्रमुख अतिथि नेपाली कांग्रेसका काठमाडौं जिल्ला क्षेत्र नम्बर पाँच प्रदेश ‘ख’ का सभापति राजु खड्काले टेक्निकल सेमिनारमा सहभागी खेलाडीलाई प्रमाणपत्र र सम्मानित खेलाडीलाई सम्मान गरेका थिए ।

सो अवसरमा उनले नवौं राष्ट्रिय खेलकुदमा बाग्मती प्रदेशबाट छनोट भएका खेलाडीलाई बधाई दिँदै राष्ट्रिय खेलकुदमा उच्च प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताए । साथै उनले खेलाडीहरू देशको भविष्य समेत रहेकाले कडा मिहिनत गर्दै अनुशासित तवरले खेल्न आग्रह गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.