2 years ago
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन् ।
विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए । सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पन्छाए ।
पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया (स्कोरपियो) बीचको खेल रद्द गरिएको अध्यक्ष खड्काले जानकारी गराइन् । एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित ५, अमेरिकाबाट १ तथा भारत र पाकिस्तानबाट २–२ गरी १० रेस्लर सहभागी थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]