default_image

3 years ago

September 24, 2022

नवीता र संयोग च्याम्पियन

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय नवीता श्रेष्ठ र संयोग कपाली केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । संयोग पुरुष तथा नवीता महिलामा पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनलमा संयोगले आफ्नै विभागका विनेश खनियाँलाई ११–४, ७–११, ११–९, १५–१३ र ११–९ को सेटमा पराजित गरे । नेपाल आर्मीका कृष्ण थापा मगर र आयोजक काठमाडौं खेल मण्डल (केकेएम)÷न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट तेश्रो भए ।

महिलाको उपाधि भिडन्तमा नवीताले एपीएफकी वियन्का राईलाई ८–११, ९–११, १३–११, ११–९, ११–८ र ११–९ को सेटमा हराइन् । नेपाल प्रहरीकी एलिना महर्जन र एपीएफकी सिक्का सुवाल श्रेष्ठले कांस्य हात पारे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०–१० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.