2 years ago
September 24, 2022
एजेन्सी – भेट्रान स्वीस टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् ।
२० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन् ।
‘यो एक अद्भुत दिन थियो । म खुसी छु, दुखी छैन । यहाँ आउन पाउँदा धेरै राम्रो लाग्छ । म खुसी छु कि मैले यो पार गर्न पाएको छु ।’ सन्यास लिएपछि फेडेररले भने ।
सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए । ‘१७ हजार ५ सय समर्थकमाझ फेडेररले सन्यास लिए । उनी रोए । नाडाल र अन्य खेलाडीहरूलाई अँगालो हाले । नाडालले पनि आँसु थाम्न सकेनन् ।
फेडेरर र नाडाल विश्व टेनिसको लामो समयका प्रतिद्धन्द्धी हुन् । फेडेररले एक वर्षभन्दा बढी समयदेखि प्रतिस्पर्धात्मक रूपमा नखेल्दा पनि ओ टु एरिनामा ४–६ ७–६ (७–२) ११–९ ले पराजित भए । फेडेरर र नाडालको जोडीलाई ‘फेडल’ उपनामले चिनिन्छ ।
‘यो उत्तम यात्रा थियो । म यो सबै फेरि गर्नेछु, फेडेररले आफ्नो भाषणको क्रममा आँसु रोक्न प्रयास गरे । फेडेररले आफूले चाहेको सन्यासको उत्सव मनाए । विगत दुई वर्षको धेरैजसो घुँडाको चोटसँग लडिरहेको थियो र समस्यालाई हटाउन तीनवटा शल्यक्रिया गर्नुपर्ने थियो । गत वर्ष विम्बल्डनको क्वार्टरफाइनलमा पोल्याण्डका ह्युबर्ट हुर्काकजसँग पराजित भएपछि उनले प्रतिस्पर्धात्मक खेल खेलेका थिएनन् ।
फेडेररले यसअघि नै लन्डनमा हुने लेभर कपबाट सन्यास लिने घोषणा गरो थिए । उनले आफ्नो शरीरले हालै स्पष्ट सन्देश दिएको र २५ वर्षमा १५०० भन्दा बढी खेल खेलेको स्मरण गराए । फेडेररको सन्यासको घोषणासँगै टेनिसमा एक युगको अन्त्य भएको छ । पाँच सिजन लगातार शीर्ष वरियतामा रहेका फेडेररले राफयल नाडाल र नोभाक जोकोभिचसँग पुरुष टेनिसको स्वर्णिम युग बिताएका छन् ।
उनको सर्भिङ, फोरह्यान्ड, फुटवर्क र आक्रमण गर्ने शैली सबै याद रहनेछन् । उनका प्रतिद्वन्द्वी ३६ वर्षीय नाडाल र ३५ वर्षीय जोकोभिचसँगको खेलहरू पनि अविस्मरणीय थिए, जसले दुवैले बराबरी गरे । नाडाल २२ ग्रान्डस्लामसहित शीर्षमा रहँदा जोकोभिचले २१ ग्रान्डस्लाम उपाधि जितेका छन् ।
सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका फेडेररले पहिलोपटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए । फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ यूएस ओपन र १ फ्रेन्च ओपन जितेका छन् ।
फेडेररका श्रीमती मिर्का पनि टेनिस खेलाडी हुन् । उनीहरुको ओलम्पिक दौरान भेट भएको थियो । उनीहरुका दुई जुम्ल्याहा बच्चा छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]