3 years ago
September 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका संयोग कपाली र विनेश खनियाँ केकेएम/एनआरटी खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा संयोगलेले केकेएम/एनआरटीका हिमाल विष्टलाई १३–११, ११–९, १६–१४ र ११–७ तथा विनेशले नेपाल आर्मीका कृष्ण थापा मगरलाई ११–५, ११–५, ८–११, १४–१२ र ११–१ को सेटमा पराजित गरे ।
आयोजक काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्समा प्रहरकी नविता श्रेष्ठले एपीएफकी शिखा सुवाल श्रेष्ठलाई ११–७, ९–११, ८–११, ११–३, ११–६ र १२–१० तथा एपीएफकी वियन्का राईले प्रहरीकी एलिना महर्जनलाई ११–३, ११–९, १२–१० र ११–८ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा दिल्लीबजारकी इन्दिरा पराजुली पौडेल पहिलो भइन् । फाइनलमा इन्दिराले दिल्लीबजारकै सम्झना पोखरेलको चुनौती ११–३, ११–४ र ११–७ ले पन्छाइन् । पुरुष ४० वर्षमाथि टिम इभेन्टमा ललितपुर टेबलटेनिस क्लबले गोड स्पिनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जित्यो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]