default_image

2 years ago

September 22, 2022

बिकास र अनुभवद्वारा राष्ट्रिय किर्तिमान कायम

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नं. १ का बिकास कुमाल र त्रिभुवन आर्मी क्लबका अनुभव सुब्बाले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगितामा राष्ट्रिय किर्तिमान बनाएका छन् ।

कुमालले ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.०५ सेकेन्डको र अनुभवले १०० मिटर बटरफ्लाईमा ५९ः०० सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

२५ मिटर पुलको छोटो दुरीको प्रतियोगितमा यसअघि दुवै विधामा सयद हम्जा शाहको नाममा राष्ट्रिय किर्तिमान रहेको थियो । शाहले आठौं राष्ट्रिय खेलकुदमा ५० मिटर ब्रेष्ट स्ट्रोकमा ३१.५५ सेकेन्ड र १०० मिटर बटरफ्लाईमा १ मिनट ००ः२५ सेकेन्डको किर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

कुमालले बिहिबारै हिट चरणमानै शाहको नाममा रहेको किर्तिमानलाई भंग गर्दै आफ्नो नाममा ३१.२६ सेकेन्डको किर्तिमान बनाउन सफल भएका थिए । ५० मिटिर ब्रेष्टस्ट्रोकमा दोश्रो स्थानमा बागमतीका सेरेन सिंह र सेनाका अनुभव सुब्बा तेश्रो स्थानमा अए । यस्तै १०० मिटर बटरफ्लाईमा बागमतीका एल्भिन महर्जन र पुलिसका युभान लाल श्रेष्ठ दोश्रो र तेश्रो स्थानमा आए ।

४०० मिटर फ्रिस्टायलको प्रतिस्पर्धाम पुलिसका गौरव लामाले ३ मिनट ३६.९८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जिते । पुलिसकै सनिल कुमार थापा र एपिएफका उर्गेन महर्जन दोश्रो र तेश्रो स्थानमा आए । २०० मिटर ब्याक स्ट्रोकमा एपिएफका नेन्जिङ्ग नामदोल रायन गुरुङ्गले २ मिनट १९.११ सेकेन्डका साथ स्वर्ण पाए ।

प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए । २०० मिटर फ्रिस्टायलमा बागमतीका ईरभिन श्रेष्ठले २ मिनट ४.०७ सेकेन्का साथ स्वर्ण हासिल गर्दा पुलिसका सुविज्ञ मान तुलाधरले रजत र पुलिसकै गौरव लामाले कास्य पाए । १०० मिटर ब्रेष्टस्ट्रोकमा प्रदेश १ का बिकास कुमालले १ मिनट ८.४६ सेकेन्डका साथ आफ्नो प्रदेशका लागि दोश्रो स्वर्ण जोडे ।

बागमतीका सेरेन सिंहले रजत र एपिएफका जाडेन श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २७.२४ सेकेन्ड समयका साथ स्वर्ण हासिल गरे । यस्तै सेनाका अनुभव सुब्बाले रजत र प्रदेश १ का बिकास कुमालले कास्य पाए ।

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने ९ औं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै आयोजना गरिएको प्रतियोगिताको ५० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्ती महर्जनले स्वर्ण जितिन् । उनले उक्त दुरी ३६.९० सेकेन्डमा पुरा गरिन् । प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र बागमती श्रेनु महर्जनले कास्य पाईन् ।

यस्तै २०० मिटर फ्रिस्टायलमा सेनाकी अनुसिया तण्डुकारले २ मिनट १७.०१ सेकेन्डका साथ स्वर्ण प्राप्त गर्दा पुलिसकी समिरा शोभा थापाले रजत र बागमतीकी रोशा न्यौपानेले कास्य पाईन् । १०० मिटर ब्रेष्टस्ट्रोकमा सेनाकी उपास्तीले आफ्नो ब्यक्तिगत तथा सेनाको लागी दोश्रो स्वर्ण जितिन् । उनले १ मिनट २२.९१ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् ।

यस्तै प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र एपिएफकी राभ्या श्रेष्ठले कास्य पाए । ५० मिटर बटरफ्लाईमा बागमतीकी रोशा न्यौपानेले ३३.११ सेकेन्डका साथ स्वर्ण जोडिन् । सेनाकी अनुशिया तण्डुकारले रजत र बागमतीकी टिशा महर्जनले कास्य हासिल गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै प्रतियोगिता आयोजना गरेकोमा संघलाई बिशेषत अध्यक्ष अशोक बज्राचार्यलाई धन्यवाद प्रदान गरे ।

उनले अवका दिनमा पौडी खेलले नतिजा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको भन्दै पूर्वाधारका कारण नतिजा प्राप्त नभएको भनि गुनासो सुन्न नचाहेको बताए । अशोज ५ र ६ गते आयोजना गर्ने भनिएको प्रतियोगिता प्राविधिक कारण १ दिन ढिलो गरि संचालन गरिएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.