2 years ago
September 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उज्ज्वल तारा स्कुल काँडाघारीले विगत ६ वर्षदेखि सञ्चालन गर्दै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ दौड’का विजयीलाई यसपाली नगदसँगै पोखरामा सुविधासहितको पुरस्कार दिने घोषणा गरेको छ ।
हरेक वर्ष दशैंको घटस्थापना अघिको शनिबार आयोजना हुँदै आएको ‘उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ ५ किलोमटिर दौड कागेश्वरी मनोहरा नगरपालिका ९ मा रहेको स्कुलबाट शुरु हुनेछ । ७ वटा विधा रहेको यो वर्षको दौड यही शनिबार हुँदैछ ।
संयोजक नेपाली सेनाका कर्णेल विष्णु कार्कीका अनुसार १८ वर्ष उमेरमाथि समूहको महिला र पुरुष खुल्ला विधातर्फका विजयीहरुलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदको साथै ट्रफि, पदक र प्रमाणपत्र पुरस्कार दिइनेछ ।
यसैगरि अभिभावक विधातर्फको दौडका विजयी महिला तथा पुरुषलाई पोखराको क्राउन हिमालय होटेलमा २ रात खाने बस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ । श्रीमान र श्रीमती विधातर्फ दौडमा विजयी हुनेलाई पोखराको ग्राण्डी होटलमा एकरात खाने बस्नेको साथै दुवै जनालाई आउन जाने दुईतर्फी हवाई टिकटको व्यवस्था गरिएको संयोजक कार्कीले बताए ।
यसैगरि ५५ वर्षमाथिको उमेर समूहका विजयी पुरुष धावक (२जना) लाई पोखराकै ग्राण्डी होटेलमा एकरात बस्नेखाने व्यवस्था तथा विजयी महिला धावक (२ जना) लाई पोखराकै सहारा होटेलमा २ रात खाने बस्ने सुविधासहितको पुरस्कार व्यवस्था गरिएको छ ।
दौडमा सहभागी हुने सबै प्रतियोगिहरुले सहभागिता वापतको जनही तीनसय रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ । उनका अनुसार दौडमा सहभागी हुन हालसम्म २०० जनाले आफ्नो नाम लेखाईसकेका छन् ।
सहभागिता शुल्क वापत उठेको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]