2 years ago
September 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चौंथो सुशील केडिया मेमोरियल अन्तर स्कुल इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डीएभी स्कुलले जितेको छ ।
ललितपुरस्थित भनिमन्डलमा सम्पन्न प्रतियोगिताको फाइनलमा डीएभीले मोडन इन्डियन स्कुललाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिले ब्याटिङ गर्दै मोडन इन्डियनले दिएको १ सय ६ रनको लक्ष्य डीएभीले २ बल बाँकी रहँदा ३ विकेट गुमाएर भेट्टायो ।
डीएभीको जितमा आयुष झाले अविजित ४२ रन जोडे । आदर्श अग्रवालले २५ रन योगदान दिए । मोडन इन्डियनको ब्याटिङमा मृत्युन्जय पलले ४९ रन योगदान दिएतापनि जितको लागि पर्याप्त हुन सकेन । मोडन इन्डियनका आयुष जैसवाल प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए । मोर्डनकै मृत्युन्जय पल उत्कृष्ट ब्याटर तथा डीएभीका आयुष जैसवाल उत्कृष्ट बलर घोषित भए ।
प्रतियोगितामा डीएभी र मोडर्न इन्डियनसँगै बर्नहार्ट कलेज र ब्लु बर्ड स्कुल सहभागी थिए । सहभागी ४ वटै टिमले एक अर्काबिरुद्ध लिग चरणमा एक÷एक खेल खेलेपछि उत्कृस्ट दुई टिम फाइनल पुगेका थिए ।
November 28, 2024
एजेन्सी – कमरान गुलामको शतकको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआईमा घरेलु टोली जिम्बाब्वे हराउँदै सिरिज २-१ ले जितेको छ । बिहीवार तेस्रो ओडिआई खेल ९९ रनले जित्दै ३ खेलको ओडिआई सिरिज पाकिस्तानले जितेको छ । पहिलो खेल जिम्बाब्वेले जितेकोमा दोस्रो र तेस्रो खेलमा जित हात पार्दै पाकिस्तानले सिरिज जितेको हो । पाकिस्तानले दिएको ३ सय ४ […]
November 28, 2024
काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले सहयोगमा पुननिर्माण हुन लागेको सानो गौचरन मैदानको शिलान्यास भएको छ । महानगरपालीकाकी उपप्रमुख सुनिता डंगोलले बिहीवार मैदान पुनर्निर्माणको शिलान्यास गरिन् । शिलान्याससँगै मैदान पुनर्निर्माणको काम आजबाट सुरु भएको छ । शुभ कन्स्ट्रक्सनले पुर्निर्माणको १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँमा जिम्मेवारी पाएको छ । महानगरपालिकाका उपप्रमुख सुनिता […]
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर हायत नेपाल आइपुगेका छन् । मंगलवार आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा हायत काठमाडौं आईपुगेको कर्णालीले जनाएको छ । मंगलवार काठमाडौं आईपुगेका हायतलाई कर्णालीका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। ३२ […]