default_image

2 years ago

September 19, 2022

राष्ट्रिय खेलकुदको ट्रफी हेटौंडामा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को च्याम्पियन ट्रफी सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको उपस्थितिमा प्रदर्शन गरिएको छ ।

ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्टको नेतृत्वमा सदस्यहरु दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ, नेपालको राष्ट्रिय खेल भलिबलको महिला टिमकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राईले नवौं राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफीलाई हेटौंडा पु¥याएको हो ।

ट्रफीको भदौ ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधामन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका थिए । त्यसपछि ट्रफीलाई सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा पु¥याइएको थियो । ट्रफीलाई मधेश प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र एनआरएनएको मुख्यालयमा लगिने छ ।

ट्रफीलाई अन्तिममा राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरामा पु¥याइने छ । राष्ट्रिय खेलकुदको च्याम्पियन ट्रफि प्रर्दशनका अवसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा, खानेपानी उर्जा तथा सिंचाई मन्त्री बसन्तप्रसाद मान्नधर, श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल, वन तथा वातावरण मन्त्री विशाल खड्का, युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, कृषी तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ ट्रफी निर्माण गरेको हो । ट्रफीको मुल्य १० लाख रुपैयाँ रहेको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.