2 years ago
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उदियमान राष्ट्रिय नम्वर एक रशिला महर्जन र नविन श्रेष्ठले प्रथम चन्द्रागिरी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।
सेनाकी खेलाडी महर्जनले महिला एकलतर्फ पूर्व नम्वर एक भोजपुरकी नङ्शल देवी तामाङलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।
यस्तै सेनाकै नविनले नेपाल पुलिस क्लबका बिष्णु कटुवाललाई २१–९ र २१–१६ ले पराजित गर्दै उपाधि जित्न सफल भए । बिजेताले नगद ४० हजार र उपबिजेताले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
महिलातर्फ एपिएफकी शोभा गौचन र सेनाकी प्राथना देउवा संयुक्त तेश्रो भए । पुरुषतर्फ पुलिसका सुनिल जोशी र कालिकाका सुदीप सेढाईले तेश्रो स्थानमा चित्त बुझाए । तेश्रो हुनेले नगद १०–१० हजार प्राप्त गरे ।
महांकाल ब्याडमिन्टन कभर्डहलको आयोजनामा भएको प्रतियोगिताको शीर्ष २० बाहेकका पुरुष एकलतर्फ महांकालका सुजन थापाले सेनाका हिमाल चन्दलाई २१–१७, ११–२१ र २१–१८ ले हराएर उपाधि जिते । उनले ३० हजार प्राप्त गरे । उपविजेता चन्दले १५ हजार प्राप्त गरे । सेनाका कविर केसी र पुलिसका हिरा राई तेस्रो भए । उनीहरुले समान १० हजार प्राप्त गरे ।
सोही विधाको महिला एकलतर्फ सुर्खेतकी शिष्ना श्रीपालीले सुर्खेतकै अग्रीमा भण्डारीलाई १३–२१, २१–१६ र २१–११ ले पराजित गर्दै उपाधि जितिन् । श्रीपालीले ३० हजार र भण्डारीले नगद १५ हजार प्राप्त गरिन् । पुलिसका निकिता लामा र रिना तामाङल तेस्रो हुँदै समान १० हजार प्राप्त गरे ।
शीर्ष २० बाहेक पुरुष युगलतर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीलाई हराएर एपिएफका प्रनिश सिंह ठकुरी र महांकालका सुजन थापाको जोडी पहिलो भयो ।
बिजयी जोडीले ३० हजार र दोस्रो भएकोले १५ हजार प्राप्त गरे । युनिटि ब्याडमिन्टन एकेडेमीका निश्चल खत्री र श्रीजल पोखरेल तथा सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडी संयुक्त रुपमा तेस्रो भए ।
लोकल पुरुष युगलतर्फ महांकालका आकाश जोशी र याविक श्रेष्ठको जोडी प्रमोद महर्जन र सुमन महर्जनको जोडी माथि हावी भयो । जोशी र श्रेष्ठको जोडीले महर्जन जोडीलाई २१–१६, २१–१७ ले पराजित गर्दै नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । महर्जन जोडीले नगद १० हजार प्राप्त गरे ।
तेश्रो स्थान प्राप्त गरेका बिपिन शाह र अमृत थापा तथा रामशरण केसी र दिवाकर पाण्डेको जोडीले १० हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी बागमती प्रदेश सांसद रमा आले मगरले पुरस्कार वितरण गरेकी थिईन् ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]