default_image

2 years ago

September 19, 2022

अजित र राजपुरालाई रोड रेस उपाधि

270 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पिनाकल कलेजका अजित कुमार यादव र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजन गरिएको काठमाडौं रोड रेसमा उपाधि जितेका छन् ।

५ किलोमिटको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डसहित पहिलो भए । पुलिसका सन्तोष विक्रम बिष्ट २० मिनेट ३५.७५ सेकेन्डसहित दोस्रो भए । यस्तै १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहन देव जोशी तेस्रो भए ।

महिलातर्फ राजपुराले २० मिनेट ३५.७५ सेकेन्डसहित पहिलो भए । २० मिनेट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोस्रो र रेखा बिष्ट २१ मिनेट ३.३५ सेकेन्डका साथ तेश्रो भए ।

पहिलो भएको अजित र राजपुराले २५ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दोस्रो भएको सन्तोष र राम मायाले २० हजार रुपैयाँ र तेस्रो भएको मोहन र रेखाले समान १५ हजार रुपैयाँ हात पारे ।

आठौं संविधान दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले आयोजना गरेको प्रतियोगिताको विजयी खेलाडीलाई क्रान्तिकारी प्रगतीशील कानुन ब्यवसायी संघका संयोजक, पूर्व महान्याधिवक्ता एवम् पूर्व अखिल क्रान्तिकारीका अध्यक्ष रमन कुमार श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सचिव, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, एथलेटिक्स संघका सचिव आर.के. बिष्ट र मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङ्गले पुरस्कृत गरे ।

रोड रेसमा ३६५ पुरुष र ११२ जना महिला गरि कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस रङ्गशालाबाट सुरु गरि थापाथली, माईतीघर, बवरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलको अगाडीको डिभाईडर हुँदै पुन त्रिपुरेश्वर रंगशालामा आएर समापन भएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.