default_image

2 years ago

September 19, 2022

‘निजी क्षेत्रविना खेलकुद विकासको परिकल्पना गर्न सकिन्न’ – सदस्य सचिव घिसिङ

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राख्दै श्रोत परिचालन उपसमितिले निजी क्षेत्रलाई खेलकुदमा आकर्षित गर्ने उद्धेश्यले आईतबार खेलकुदमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रमको आयोजना गरेको छ ।

उपसमितिका संयोजक एवं बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले निजी क्षेत्रलाई पर राखेर खेलकुदको विकासको परिकल्पना गर्न नसकिने भन्दै निजी क्षेत्रलाई हातेमालो गर्न आव्हान गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले नवौं राष्ट्रिय खेलकुदको प्लेटफर्ममा निजी क्षेत्रलाई समावेश गर्नुपर्ने र खेललाई राष्ट्रिय गौरव, राष्ट्रको पहिचान, राष्ट्रको लागि खेल र स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ अगि बढेको मुल अभियान संग निजी क्षेत्रलाई एकाकार गरेर, हिस्सेदार बनाएर अघि बढनुपर्ने बताए । मन्त्री गहतराजले खेल क्षेत्र एक उद्योग रहेको भन्दै यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।

संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको क्षेत्रका लागि एउटा नयाँ सुरुवातको थालनी गरेकोमा खेलकुद परिषद्लाई आभार ब्यक्त गर्दै खेलकुदको विकासमा निजी क्षेत्रको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको भन्दै बिश्वका कैयन देशमा निजी क्षेत्रको सहभागिताका कारण खेल क्षेत्रले उन्नती गरेको बताए ।

उनले विगतमा निजी क्षेत्रले खेलकुदमा गरेको सहयात्रालाई स्मरण गर्दै निजी क्षेत्रलाई खेलकुदमा चन्दा र दान दिएको नभई लगानीको रुपमा लिन अनुरोध गरे । उनले निजी क्षेत्रले खर्च गर्ने सामाजीक उत्तरदायित्व अन्तरगत हुने खर्चलाई खेलकुदको क्षेत्रमा लगानी गराउने तर्फ अर्थमन्त्रीले सम्वोधन गर्न आव्हान गरे ।

निजी क्षेत्रका तर्फबाट बोल्दै सूर्य नेपालका प्रतिनिधी मि। अर्यालले निजी क्षेत्रलाई खेलकुद क्षेत्रमा आकर्षण गर्ने खालका नीति नियमहरु ल्याउन अर्थ मन्त्रीलाई अनुरोध गरे । उनले सामाजिक उत्तरदायित्व अन्तरगत गर्ने खर्चमा खेलकुद नअटेको भन्दै खेलकुद प्रवर्धन गर्ने गरि नीति बनाउनु पर्ने तर्फ सरकारले पहल गर्नु पर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले खेल क्षेत्र आर्थिक विकासका लागि प्रगतीका लागि महत्वपूर्ण क्षेत्र रहेको भन्दै खेल क्षेत्रमा ठुला ठुला लगानी भईरहेको बताए । उनले खेलकुदको क्षेत्रमा निजी क्षेत्रलाई आकर्षण गर्ने खालका नीति नियमलाई अगाडी ल्याउने कार्यमा राज्यले पहल गर्ने तर्फ अग्रसर रहेको बताए ।

कार्यक्रमका सभापती भण्डारीले कार्यक्रममा उपस्थित सवैधलाई धन्यवाद दिंदै नवौं राष्ट्रिय खेलकुलाई सफल बनाउन र खेलकुदमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान गरे ।

January 5, 2025

अष्ट्रेलियामा पुरुष भलिबल कप अर्काे महिना

सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]

January 4, 2025

एनएनआइपिए स्पोर्टस अवार्ड आज

काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल‌ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को‌ आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]

December 30, 2024

स्युचाटार क्रिकेटमा मिक्समान्डुको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबको आयोजनामा जारी स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेस्रो दिन सोमवार पनि ७ वटा खेल भएका छन् । आज थानकोट वारियर्स, स्मार्ट ए केयर मिडिया, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र मिक्समान्डु विजयी भएका छन्। पहिलो खेलमा समुह डी अन्तर्गत थानकोट वारियर्सले सानो स्वर्ग नेपाललाई ३ विकेटले […]

Success

Thank you for your time.