2 years ago
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोकर्णेश्वर नगर खेलकुद बिकास समितिको आयोजना तथा शंखडोल कराते एकेडेमीको संयोजकत्वमा दोश्रो गोकर्णेश्वर रनिङ शिल्ड कराते प्रतियोगिताको उपाधि बाल बाटिका डोजोले जितेको छ ।
बालबाटिकाले ६ स्वर्ण ५ रजत र ४ कास्य जित्यो । दोस्रो भएको सरस्वती डोजोले ५ स्वर्ण ५ रजत र १५ कास्य पदक जित्न सफल भयो । तेस्रो स्थान हासिले गरेको शंखडोल डोजोले ४ स्वर्ण ८ रजत र ५ कास्य पदक जित्न सफल भयो । पुरुषतर्फ शंखडोल डोजोका राज कुमार राई तथा महिलातर्फ सरस्वती डोजोकी प्रश्ना केसी उत्कृष्ट महिला खेलाडीको घोषित भइन् ।
बिजयी खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, युबा तथा खेलकुद उपशाखा प्रमुख रामनारायण शाह, सदस्य दिनेश राई, शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिव कारान्जित लगायतले पुरस्कृत गरे ।
गोकर्णेश्वर नगरपालिका भित्रका ३५० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा क्रमश प्रथम,द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार रु पन्ध्र हजार,१० हजार र ५ हजार प्रदान गरिएको थियो ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]