3 years ago
September 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली बास्केटबल टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
नेपाली टोलीलाई आईतबार एक कार्यक्रमबी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे । सदस्य सचिव घिसिङले अध्ययनका साथ साथै खेललाई पनि अगाडी बढाई रहेकोमा खेलाडी प्रति कृतज्ञ हुँदै स्कुल र कलेजमा खेलकुदको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने र आफु त्यसका लागि पर्ने बताए ।
प्रतियोगितामा उत्कृष्टताका लागि बैदेशिक भ्रमण फलदायी हुने भन्दै विभिन्न देशका खेलाडीहरुसंग प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीहरुको क्षमतामा बृद्धि हुनेमा आफु बिश्वस्त रहेको बताए ।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुने जाने टोलीको टिम प्रशिक्षकमा सदिश प्रधान रहेका छन् । यस्तै खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका छन् । प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ मा हुने कार्यक्रम रहेको छ ।
बिदाई कार्यक्रममा नेपाल स्कुल स्पोर्टस् महासंघका उपाध्यक्ष मोहन कुमार कार्की, आईएसएफ कार्यकारी समितिका सदस्य, प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीको उपस्थिती रहेको थियो ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]