default_image

2 years ago

September 18, 2022

भलिबल संघको अध्यक्ष चन्दलाई एभीसीको बधाईं

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल भलिबल संघको नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई बधाई ज्ञापन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई पत्र लेख्दै एभीसीले बधाई तथा शुभकामान प्रदान गरेको हो । संघका अध्यक्ष चन्दले सबै प्रक्रिया पुरा गरेको पत्र पठाएपछि एभिसीले बधाई ज्ञापन गरेको जनाएको छ । नयाँ कार्यसमितिले नेपालमा भलिबल र खेलकुद विकासमा थप महत्वपूर्ण भूमिका खेल्नेमा एभीसीले विश्वास व्यक्त गरेको छ ।

गत भदौ २२ गते भएको नवौं चुनावी साधारण सभाबाट चन्द नेपाल भलिबल संघको इतिहासमा सातौं अध्यक्षमा निर्वाचित भएका थिए । प्रत्यासी निरोज मास्केलाई २६ मतले पराजित गर्दै चन्द ४ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०३३ सालमा स्थापित संघमा यसअघि अनुप शम्शेर जवरा, बासुदेव प्रधान, प्रकाश थपलिया, अनुप शम्शेर जवरा, गंगा बहादुर थापा (२०५४–२०६८), दान बहादुर तामाङ (२०६८–२०७२) र मनोरन्जनरमण शर्मा (२०७२–७९) अध्यक्ष रहिसकेका छन् । अनुप शम्शेर जवरा दुईपटक अध्यक्ष भएका थिए ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.