default_image

2 years ago

September 17, 2022

बैकुण्ठ मानन्धर दौडमा विश्व र अन्जु पहिलो

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गणेश माविका विश्वराम कुँवर र गान्धी आदर्श माविकी अन्जु खड्का प्रथम बैकुण्ठ मानन्धर अन्तर माध्यमिक विद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा पहिलो भएका छन् । विश्व छात्र र अन्जु छात्रामा पहिलो भएका हुन् ।

शान्ति निकुञ्ज पूर्व विद्यार्थी संघ र बैकुण्ठ मानन्धर खेलकुद नेपालको संयुक्त आयोजनामा शनिबार भएको दौडमा विश्वले १७ मिनेट ३९.०९ सेकेन्डमा पूरा गरे । जनज्योति माविका अजय विक दोश्रो तथा अरनिको माविका सोनाम शेर्पा तेश्रो भए ।

अन्जुले निर्धारित दूरी २२ मिनेट १६.३६ सेकेन्डमा पूरा गरिन् । पञ्चकन्या माविका सोनु घतानी दोश्रो तथा सरिता रम्तेल तेश्रो भए । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष विवेन्द्रभक्त प्रधानाङ, महासचिव नरेशकुमार मल्ल, कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, पूर्व धावक बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा हालै फ्रान्समा सम्पन्न विश्व अल्ट्रा दौड प्रतियोगितामा दोश्रो हुन सफल धाविका सुनमाया बुढालाई शान्ति निकुञ्ज सम्मान पत्रसहित १ लाख १ हजार १ सय रुपैयाँ नगद प्रदान गरी सम्मान गरिएको थियो ।

एक वर्षमा ४ वटा म्याराथन दौडेका भेट्रान धावक शम्भुप्रसाद दाहाललाई पनि शान्ति निकुञ्ज सम्मान पत्रबाट सम्मान गरिएको थियो । दशरथ रंगशालादेखि सुरु भइ दशरथ रंगशालामै आएर सकिएको दौडमा उपत्यका, रोल्पा, सुर्खेत, सुनसरी र सर्लाहीका विभिन्न ८० विद्यालयका २ सय १३ प्रतिस्पर्धी सहभागी थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.