2 years ago
September 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भलिबल खेलाडी जेनिशा विश्वकर्मा र निशा महरले माध्यमिक विद्यालयस्तरीय दौडमा पदक जितेका छन् ।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता खेल्ने जेनिशा विश्वकर्मा र निशा महरले स्यूचाटारमा शनिबार भएको ३ किमि गल्स दौडमा दोस्रो र तेस्रो स्थान हासिल गरेकी हुन् । यि दुवै नैकापमा रहेको न्यू डायमन्ड एकेडेमीमा अध्ययनरत छन् । यस विधामा विश्व निकेतन स्कुलकी सुनिता न्यौपाने पहिलो भइन् ।
ब्वाइजतर्फ कंकाली माविका मिसन बुढा पहिलो भए । कंकालीकै अनुज महत दोस्रो भए । रत्न राज्य स्कुलका दिवस खत्री तेस्रो भए ।
ब्वाइज र गल्स दुवैतर्फको विजेता मिसन र सुनिताले समान ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । दोस्रो भएका जेनिशा र अनुजले ३ हजार रुपैया तथा तेस्रो भएका दिवस र निशाले समान २ हजार रुपैयाँ र प्रमाणपत्र हात पारे ।
स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औ वार्षिकोत्सवको अवसरमा आयोजना भएको दौडमा विभिन्न २४ स्कुलका ७१ जना दौडिएका थिए । ब्वाइजमा ४१ जना र गल्समा ३० जनाको सहभागिता रहेको आयोजकले जानकारी गराए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]