default_image

2 years ago

September 17, 2022

नवौंको लागि गण्डकीको भलिबल टोली घोषणा

544 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनादेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लागि घरेलु टोली गण्डकी प्रदेशले भलिबलतर्फको महिला र पुरुष टोलीको घोषणा गरेको छ ।

फाइल तस्विर

प्रदेश खेलकुद बिकास परिषद् गण्डकीले पुरुषतर्फ हरि पाण्डेको तथा महिलामा राष्ट्रिय टोलीको समेत कप्तान रहेकी अरुणा शाहीको कप्तानीमा समान १२ सदस्यीय टोली घोषणा गरेको हो ।

पुरुषतर्फ कप्तान हरि पाण्डे (स्याङ्जा), रवि केसी (बाग्लुङ), किरण गुरौं (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सन्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बाग्लुङ), हिमाल सुनारी (नवलपुर), प्रेम बहादुर कुमाल (तनहुँ), सुजन चोखाल (म्याग्दी), सुवास कुँवर (पर्वत) र राजन थापा (स्याङ्जा) रहेका छन् ।

पुरुषतर्फको गण्डकीको टोलीमा गत भदौंमा पोखराको लामाचौरमा भएको राष्ट्रिय प्रतिोगितामा रहेका टोलीबाट तीन परिवर्तन भएको छ । सेटर विवश आले मगर, मिडल ब्लकर याम क्षेत्री र अमृत दर्नाल बाहिरिएका छन् । उनीहरुको स्थानमा सुवास कुँवर, किरण गुरौ र दीपक मल्ल आएका छन् ।

महिलातर्फ कप्तान अरुणा शाही (म्याग्दी), रेविना घर्ती मगर (म्याग्दी), सस्मिता पुन (म्याग्दी), पवित्रा श्रीपाली (म्याग्दी), मनिषा तिलिजा पुन (म्याग्दी), ममता डगौरा (कास्की), गंगा गुरुङ (कास्की), सम्पदा गुरुङ (कास्की), रिमा कुँवर (पर्वत), प्रतिक्षा सेन ठकुरी (पर्वत), साइन थापा (स्याङ्जा) र हिमाली रोका मगर (बाग्लुङ) रहेका छन् ।

फाइल तस्विर

महिलातर्फ पनि लामाचौर कपमा भएको गण्डकीको टोलीमा केही परिवर्तन भएको छ । त्यतिबेला टोलीमा रहेका सारा पुर्जा, एलिसा रोका मगर, तिर्शना बराल र काजल छन्त्याल बाहिरिएका छन् । ममता डगौरा, गंगा गुरुङ, सम्पदा गुरुङ र रिमा कुँवर टोलीमा अटाएका छन् । न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबबाट लगातार राष्ट्रिय प्रतियोगिता खेल्दै आएकी रिमा कुँवरले यसपटकको नवौंमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछिन् ।

टोलीको प्रशिक्षकमा रमेश केसी र व्यवस्थापकमा जीवन भण्डारी रहेका छन् । बन्द प्रशिक्षणका लागि शनिबार नै प्रशिक्षकसँग सम्पर्क गर्न आग्रह गरिएको छ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

महिला भलिबल म्याग्दीको बेनीमा रहेको म्याग्द िखेल मैदानमा असोज २७ देखि कार्तिक २ गतेसम्म तथा पुरुषतर्फको खेल पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा असोज २८ देखि कार्तिक ३ सम्म हुँदैछ ।

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

Success

Thank you for your time.