default_image

2 years ago

September 14, 2022

नवौं राष्ट्रिय खेलकुदको प्रोमो सार्वजनिक

292 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले गण्डकी प्रदेशको पोखरामा ३० दिनपछि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आधिकारिक प्रोमो सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पोखरामा नवौंको ३० दिने काउण्टडाउन कार्यक्रम दौरान राखेपको युट्युब च्यानल र राखेपको वेबसाइटबाट आधिकारिक प्रोमो सार्वजनिक गरेको हो । प्रोमो जिंगल गायक तथा संगितकार महेश काफ्लेले रचना गरेका हुन् संगित पनि काफ्लेकै छ । संगित संयोजन श्याम श्वेत रसाईलीले गरेका हुन् ।

प्रोमोमा महेशसँगै उदेश श्रेष्ठ,अस्मिता अधिकारी र प्रताप दासले स्वर दिएका छन् । राखेपले नवौंको प्रचार अभियानका लागि एक मिनेट ३५ सेकेण्ड लामो प्रोमो बनाएको हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.