3 years ago
September 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए । पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ वर्षमाथि उमेरसमूहमा पनि खेल हुनेछ । कुल पुरस्कार राशी ५ लाख ८५ हजार रुपैयाँ रहेको छ ।
त्यसमा पुरुष-महिलामा ओभरअल विजेताले समान १–१ लाख नगद पुरस्कार पाउने छन् १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]