default_image

3 years ago

September 12, 2022

अग्रज जयदेव र युवा गीता सम्मानित

125 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् ।

मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १÷१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७औं स्थापना दिवस मनाउने क्रममा मञ्चले समान एक जना अग्रज र युवा खेल पत्रकारलाई सम्मान ग¥यो ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी(एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य र मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । जयदेवलाई नगद २५ हजार रुपैयाँ र युवा पत्रकार गीतालाई एक थान ल्यापटप पुरस्कार प्रदान गरिएको थियो ।

एनएसजेएफ पत्रकारिता अवार्डबाट सम्मानित जयदेव गौतमले करिब तीन दशकको खेल पत्रकारिता यात्रालाई स्मरण गराएकोमा मञ्चलाई धन्यवाद व्यक्त गर्दै पछिल्लो समय नेपाली खेल पत्रकारिताले फड्को मारेको बताए । ‘हाम्रो समयमा औंलामा गणना गर्न सकिने खेलपत्रकार थियौं ।

तर, पछिल्ला समय धेरै पत्रकार नेपाली खेलकुदमा सक्रिय छन् र यसले नेपाली खेलकुद पनि विकास हुँदै गएको बुझ्न सकिन्छ ।’ उनले भने, ‘खेलका विश्लेषणात्मक र अनुसन्धानात्मक समाचार लेखनमा अग्रसर भइरहन सबै खेल पत्रकारलाई आग्रह गर्न चाहन्छु । यसले नेपाली खेल पत्रकारितालाई अझ सम्मानित स्थानमा पु¥याउनेछ ।’

युवा पत्रकारिताबाट सम्मानित गीताले यो पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको र साथै प्रोत्साहन पनि मिलेको प्रतिक्रिया दिइन् । सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई गतिशील बनाउन खेलकुद पत्रकारले उल्लेखनीय योगदान गरेको भन्दै प्रंशसा गरे ।

साथै उनले नेपाली खेलकुद पत्रकारितामा एनएसजेएफको भूमिका अहम रहेको उल्लेख गर्दै मन्चको २७औं स्थापना दिवसका अवसरमा सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे । मञ्चका अध्यक्ष सुबेदीले पनि स्थापना दिवसका अवसर सबै खेल पत्रकारलाई शुभकामना व्यक्त गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.