default_image

3 years ago

September 11, 2022

अफताब र प्रिन्सलाई स्वर्ण

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराए ।

पुरुष ४५ केजीमुनि लुम्बिनीका अनमोल माझीले बागमतीका प्रभात स्याङतान तथा ५५ केजीमुनि बागमतीका विवेक घिमिरेले बागमतीका रविन तामाङलाई फाइनलमा हराउदै स्वर्ण जिते ।

नेपाल आईएफकेके संघद्वारा आयोजित प्रतियोगिताको महिला ४० केजीमुनि प्रदेश १ की सलिना खालिङ राई तथा ५० केजीमुनि बागमतीकी रिना माझीले बागमतीकी निङमा तामाङलाई पाखा लगाउदै पहिलो भए ।

सबै स्पर्धामा कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । विजेतालाई पूर्व सांसद् रामकृष्ण चित्रकार, आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठ, ब्रान्च चिफ प्रेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.