3 years ago
September 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार’ शुरु भएको छ ।
सन् २०१६ मा स्थापना भई आत्मरक्षा सम्बन्धि बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्धेश्यलाई अझ फराकिलो बनाउदै लैजाने क्रममा तेश्रो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको संघका महासचिव नुतन श्रेष्ठले जानकारी दिइन् ।
२९ भदौंसम्म संचालन हुने सेमिनारमा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्याण्डका स्टानिस्ल म्याजर्याक, अन्र्तराष्ट्रिय कम्ब्याट मार्शल आर्टस् सोसाईटीका संस्थापक भारतका जगदिश सिंह खत्रिले सेल्फ डिफेन्सका नेपाली प्रशिक्षक एवं प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षण कार्यक्रममा १०० जनासम्म प्रशिक्षक प्रशिक्षण तथा ३ सयभन्दा बढी बिद्यार्थी तथा अन्यलाई सहभागी हुने अपेक्षा गरिएको छ । २८ र २९ भदौंमा राष्ट्रिय खेलकुद परिषद् परिसरमा हुने प्रशिक्षण कार्यक्रममा बिभिन्न जिल्लाबाट प्रशिक्षणका लागि सहभागिहरु उपस्थित हुने सेल्फ डिफेन्सका नेपाल ब्रान्च चिफ एवं प्रमुख प्रशिक्षण सञ्जु मर्हजनले जानकारी गराइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]