3 years ago
September 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका वडा ८ ले दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ ।
स्पिन इभेन्ट्स प्रालि.को आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित ग¥यो । विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए ।
बुधबार महिला टिम इभेन्टमा गोदावरी नगरपालिका वडा १ पहिलो भएको थियो । काठमाडौं महानगरपालिका वडा २५ र भक्तपुर नगरापलिका वडा ५ तेश्रो भए । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको महिला सिंगल्समा संखुवासभा वडा ४ की वियंका राई र ललितपुर १२ की इभाना थापा मगर फाइनलमा प्रवेश गरे ।
वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए । पुरुष सिंगल्समा लम्जुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरे ।
विनेशले काठमाडौं २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४ र ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५ र ११–८ को सेटमा पाखा लगाए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]