3 years ago
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गल्र्समा च्याम्पियन बनेका हुन् ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा बुधबार भएको सिनियर ब्वाइजको फाइनलमा ग्रिनल्यान्डले किङडमलाई ४६–४२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेल १७ अंक योगदान गरे ।
सिनियर गल्र्सको उपाधि भिडन्तमा लोरिसा गौचनको ८ अंक सहयोगमा भ्याली पब्लिकले एचएचसीएलाई २२–७ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दिवस र लोरिसा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई टोखा नगरपालिकाका उप मेयर मुरारी तामाङ, केन्द्रीय प्याब्सनका उपाध्यक्ष थकिनकुमार गुरुङ, त्रियोगका निर्देशक अजित लामा, केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
भदौ १४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]