default_image

2 years ago

September 6, 2022

अभिषेक र इश्वरको जोडी दोश्रो चरणमा

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य विनायक नगरपालिका ७ का अभिषेक चालिसे र इश्वर गिरीको जोडी भक्तपुर जिल्लाब्यापी अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको दोश्रो चरण मा प्रवेश गरेका छन् ।

अन्तिम ३२ मा स्थान बनाउने क्रममा चालिसे र गिरीले सूर्यविनायक नगरपालिका १ का रुपेन्द्र न्यौपाने र श्याम न्यौपानेलाई १४–२१, २५–२३ र २१–१९ ले पराजित गरे ।

यस्तै मध्यपुर नगरपालिका थिमी १ का राजेश डङ्गोल र पूर्ण सेढाईले भक्तपुर नगरपालिका २ का समिर बासुकला र सौगात काईछीलाई २१–१७ र २१–१४ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरे ।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रको आयोजना तथा भक्तपुर जिल्ला ब्याडमिन्टन संघको तत्वावधानमा भएको प्रतियोगिताको अर्को खेलमा मध्यपुर थिमी ८ का विक्रम धेके र कृष्ण चन्द्र पिलाको जोडी, चन्द्र विनायक नगरपालिका २ का प्रभु भण्डारी र रामहरी केसीको जोडीले अघिल्लो चरणको यात्रा तय गरे ।

यस्तै दोश्रो चरण प्रवेश गर्ने क्रममा मध्यपुर थिमी नगरपालिका ५ का राजन प्रजापती र शामी प्रजापतीको जोडी, सूर्यविनायक नगरपालिका ३ का अशोक गौतम र सुमन गौतमको जोडी, थिमी नगरपालिका १ का शिव धकुचाला र प्रभात कुमार खड्काको जोडी, थिमी ४ का विवेक श्रेष्ठ र उद्धव बाबा श्रेष्ठको जोडी, सूर्यविनायक २ का संजीव कटुवाल र पंकज शर्मा पौडेलको जोडी, थिमी ५ का दिपेन्द्र श्रेष्ठ र परमेश्वर श्रेष्ठको जोड तथा थिमी ७ का अशोक अधिकारी र महेश कार्कीको जोडीले पनि ३२ मा स्थान बनाए ।

प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल र भेट्रान्स युगल ४५ माथि गरि ४ विधामा प्रतिस्पर्धा भईरहेको छ । १२ लाखको लागत रहेको प्रतियोगिताको विजयी शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै पदक प्राप्त गरेको आधारमा टिम च्याम्पियन घोषणा गरिनुका साथै प्रथम, द्वितीय र तृतीय हुने वडालाई ट्रफी प्रदान गरिने छ । २०० बढि खेलाडीको सहभागिता रहने प्रतियोगिता दुवाकोट सिटी ब्याडमिन्टन सोसाईटी ब्याडमिन्टन हलमा भईरहेको छ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

Success

Thank you for your time.