3 years ago
September 6, 2022
एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको चौंथो चरणबाट बाहिरिएका छन् । न्युयोर्कमा सोमबार राति भएको खेलमा नाडाल अमेरिकाका फ्रान्सेस टियाफोईसँग ३–१ को सेटमा पराजित भएका हुन् ।
विश्व वरीयताको तेस्रो स्थानमा रहेका नाडाललाई फ्रान्सेसले ६–४, ४–६, ६–४ र ६–३ ले हराए । योसँगै सर्वाधिक २३ पटक ग्रान्डस्लाम जित्ने नाडालको सपना चकनाचुर भएको छ ।
नाडाल २०२२ को ग्रान्डस्लाम प्रतियोगितामा पहिलो पटक पराजित भएका हुन् । कीर्तिमानी २२औं पटकको ग्रान्डस्लाम विजेता नाडालले चारपटक युएस ओपनको उपाधि जितेका छन् । अब २४ वर्षीय फ्रान्सेस टियाफोईले नवौ वरीयताका रसियन एन्डरे रुवलेभसँग प्रतिस्पर्धा गर्नेछ ।
पेटको चोटका विम्वलडन टेनिसबाट वाक ओभर दिएका नाडालले त्यसअघि अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका थिए । त्यही चोटको बावजुत पनि उनले युएस ओपन खेल्ने निर्णय गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]