3 years ago
September 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किङडम र लोयल्टी चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
किङडमले एन्जल्स हार्टलाई ६१–२६ ले पराजित ग¥यो । किङडमको जितमा मनोज तामाङले ३५ अंक योगदान गरे । निङमा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो ।
सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए । भ्याली पब्लिकका अनमोल गुरुङले १८ तथा ग्रिनल्यान्डका सुरेश बिसीले १७ स्कोर गरे ।
सेमिफाइनलमा लोयल्टीको भेट किङडमसंग हुनेछ भने भ्याली पब्लिकले ग्रिनल्यान्ड विरुद्ध खेल्ने छ । सिनियर गल्र्समा एचएचसीएले तिरुपतिलाई ११–१०, ग्रिनल्यान्डले टीआईएलाई २१–८ र भ्याली पब्लिकले आयोजक केभीकेएससलाई २८–७ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
एचएचसीएकी रेश्मा तामाङले ११, ग्रिनल्यान्डकी परी गुरुङले ११ र भ्याली पब्लिककी लोरिशा गौतमले १२ अंक बटुले । पृथ्वी पनि विन्डी हाउसबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनल भ्याली पब्लिक र पृथ्वी तथा ग्रिनल्यान्ड र एचएचसीएबीच हुनेछ ।
April 29, 2025
राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]