2 years ago
September 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मोरङका बोधित डिसी र नेपाल आर्मीकी सुस्मिता खड्काले कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
जुनियर सिंगल्सको ब्वाइजमा बोधित तथा गल्र्समा सुस्मिताले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा बोधितले एभीएमका रुविन महर्जनलाई १२–१०, १३–११ र ११–५ को सोझो सेटमा पराजित गरे । नुवाकोटका गनन्जय दाहाल र काठमाडौंका हिमाल विष्ट तेश्रो भए ।
गल्र्सको उपाधि भिडन्तमा सुस्मिताले एभीएमकी वियांका राईलाई ११–९, ११–८ र १३–११ को सीधा सेटमा हराइन् । प्रभातकी अन्जु सुवाल र कान्तिपुर पिङपोङ क्लबकी प्रणिका कुँवर तेश्रो भए । शीर्ष तीन स्थानमा रहनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए ।
अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको क्याडेट गल्र्स सिंगल्समा एभीएमकी इभाना थापा मगर पहिलो भइन् । इभानाले फाइनलमा मोर्डन कलेजकी दिया देउलालाई ११–४, १२–१० र ११–४ को सोझो सेटमा पाखा लगाइन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र प्रोक्सिमाकी नर्वदा खाइतु तेश्रो बने ।
विजेताले ७ हजार ५ सय, उपविजेताले ३ हजार ५ सय र तेश्रोले २ हजार रुपैयाँ नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्य, प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]