default_image

3 years ago

September 4, 2022

नवौंका लागि बागमती प्रदेशबाट फेन्सिङ खेलाडी छनोट

952 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ फेन्सिङ खेलाडी छनोट भएको छ ।

काठमाण्डौ फेन्सिङ एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ र महिलातर्फ १२ गरि कुल २४ खेलाडी छनोट गरिएको संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी गराए ।

पुरुष फोयल ईभेन्टमा संजीव लामा, नारायण गौतम, पुरुषोत्तम खत्री, आर्यन कार्की छनोट भए । ईपीमा ओमकार सिंह, भिष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर ईभेन्ट्समा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमिर रायमाझी र साश्वत परियार छनोट भएको संघले जनाएको छ ।

यस्तै महिलाको फोयलतर्फ सुजाता कुँवर, गोमा आचार्य, संगिता लम्साल र अश्मिता घिसिङ रहेका छन् । यसैगरि ईपीतर्फ उषा खड्का, अलिशा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावरमा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापती रहेका छन् ।

छनोट भएका खेलाडीहरुलाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले पुरस्कृत गरे । कार्यक्रममा बागमती प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ, महासचिव सुजन लाल श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 27, 2025

म्याराथनमा सन्तोषीको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]

April 27, 2025

गल्कोटलाई तोरन्लह रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – गल्कोट समाज अस्ट्रेलियाले तोरनल्ह भलिबल रनिङ कप २०२५ को उपाधि जितेको छ । दि गोर्खा स्पोर्ट्स क्लब अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जित्न सफल भएको हो । क्वाटरफाइनल र सेमिफाइनलमा सशक्त प्रदर्शन गरेको गोर्खाले फाइनलमा भने अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उप विजेतामा सिमित बन्यो । लिडकमस्थित ओबर्न […]

Success

Thank you for your time.