2 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबले आफ्नो खेलाडी तथा अफियिसललाई शनिबार पुरस्कृत गरेको छ ।
गत साता पोखराको लामाचौरमा सम्पन्न भएको लामाचौर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान हासिल गरेपछि क्लबले प्रोत्साहन स्वरुप खेलाडी तथा अफिसियललाई नगदसहित पुरस्कृत गरेको हो ।
पुरानो चोट बल्झिएपछि विश्राममा रहेको प्रतिभा मालीविनाको डायमन्ड फाइनलमा विभागीय नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।
क्लबले क्लबको निर्णय बमोजिम लामाचौर कप भलिबलमा सहभागिता जनाएको १२ खेलाडी र ३ अफिसियलसहित टोलीका भरपर्दा सदस्य प्रतिभा मालीलाई नगदसहित सम्मानित गरेको हो । प्रतिभासहित १२ खेलाडी, प्रशिक्षक कुमार राई र टिम व्यवस्थापक बलिदान तामाङलाई समान तीन हजार रुपैयाले तथा टोलीको सहायक प्रशिक्षक रहेकी डायमन्डकै पूर्व खेलाडी पनामिका राईलाई १० हजार रुपैया प्रदान गरिएको छ ।
खेलाडी तथा अफिसियललाई होङ्गान्जी बुद्धिस्ट सोसाइटी नेपालका कन्ट्री डाइरेक्टर सोनाम वाङ्दी भुटिया, होङ्गान्जी बुद्धिस्ट सोसाइटी जापानका सदस्य खेन्जु, होङ्गान्जी बुद्धिस्ट सोसाइटी नेपालका उपाध्यय कपिल गुरुङ, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अध्यक्ष तथा प्रशिक्षक कुमार राई, उपाध्यक्ष किरण कार्की, क्लबका सचिव तथा व्यवस्थापक बलिदान तामाङ र क्लबका सदस्य लक्ष्मण काप्री र जीवनाथ खनाललगायतले पुरस्कृत गरे ।
खेलाडीलाई सम्मानित गरेपछि होङ्गान्जी बुद्धिस्ट सोसाइटी नेपालका कन्ट्री डाइरेक्टर सोनाम वाङ्दी भुटियाले न्यू डायमन्डसँग आँफु लामो समयदेखि जोडिएको र अझै पनि सहयोगको लागि सदैव तत्पर रहेको बताए । उनले क्लबको कभर्डहल बनाउनको लागि धेरै ठाउँमा कुरा गरिरहेको र यसमा सफलता पाउनेमा आशावादी रहेको बताए ।
होङ्गान्जी बुद्धिस्ट सोसाइटी जापानका सदस्य खेन्जुले नेपालका कन्ट्री डाइरेक्टर सोनाम वाङ्दी भुटियाबाट डायमन्डको बारेमा धेरै कुरा सुनेको र आज प्रत्यक्ष भेटेर, उनीहरुको खेल हेरेर सम्मानित गर्न पाउँदा खुशी लागेको बताए । उनले मिहनेतले ठुला टोलीलाई जित्न सक्नुभन्दा ठुलो अरु केही नरहेको बताउँदै जापानमा न्यू डायमन्डबारे कुरा राखेको र चाहिने साम्रगी सहयोग गर्न योजना रहेको सुनाए ।
प्रशिक्षक कुमार राईले जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता भएपश्चात पहिलो खेल खेलेको र पहिलो खेलमा नै सोचेभन्दा राम्रो नतिजा आएको बताए । आगामी दिनमा अझ राम्रो खेल्दै जाने बताए । क्लबका उपाध्यया किरण कार्कीले क्लब सिस्टमबाट जाने तयारीमा रहेको बताउँदै यसपल्टदेखि क्लबले सम्मान गर्न लागेको बताए ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]