2 years ago
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रेडिअन्ट चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रेडिअन्टले एन्जल्स हार्टलाई ४४–२४ ले पराजित ग¥यो । रेडिअन्टका सागर लामिछानेले १४ अंक जोडे । सिनियर ब्वाइजमै प्राण्जलीले आयोजक केभीकेएसएसलाई ३४–११, लोयल्टीले क्लिन्टनलाई ५८–४ र भ्याली पब्लिकले विन्डीलाई ५६–१८ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे ।
प्राण्जलीका तौसिन अन्सारीले १८, लोयल्टीका सन्दिप शेरचनले २० र भ्याली पब्लिकका लामा छिरिङले १३ अंक जोडे । सिनियर गल्र्समा ग्रिनल्यान्डले क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । ग्रिनल्यान्डले विन्डीलाई १७–१३ ले पाखा लगायो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले ८ स्कोर गरिन् ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।